हेटौंडा। हेटौँडा सिमेन्ट उद्योगले पुनःउत्पादन सुरु गरेको छ। करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आइतबारदेखि पुनःउत्पादन सुरु गरेको हो।
उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन भएको थिएन्।
अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आइतबारदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको छ।