फाइल तस्बिर
काठमाडौं। अविरल वर्षाका कारण विराटनगर विमानस्थलबाट सबै उडान रोकिएको छ। विमानस्थलसम्म जाने सडकको दुई फिटसम्म पानी जमेको र वर्षा नरोकिएका कारण उठान हुन नसकेको हो।
विमानस्थल पश्चिमको बस्ताहा पैनी ओभर फ्लो भएर विमानस्थलतर्फ आइरहेको विराटनगरस्थित नागरिक उड्यान कार्यालयले जनाएको छ। रनवे उच्च स्थानमा भएकाले पानी पस्ने सम्भावना नभएपनि अन्य विमानस्थल भर भने पानी पानी भएको छ।
पानी पनि नरोकिएको र भिजिविलिटि पनि अत्यन्तै कम भएका कारण विमानस्थलबाट उडान अवतरण हुन नसकेको बताइएको छ।