काठमाडौं। काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणदेखि पूर्णतया बदली छ। बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली छ।
दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।