काठमाडौं। काठमाडौंको रामकोटमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटस्थित छमछमे खोलाको कलभर्टमा शुक्रबार बिहान साढे पाँच बजे कार खस्दा चालकको मृत्यु भएको हाे।
मृत्यु हुनेमा नागर्जुन नगरपालिका-६ खरिबोटका अन्दाजी ४५ वर्षका पूर्ण दर्नाल रहेकाे प्रहरीले जनाएकाे छ। उक्त कार कतिबेला कलभर्टमा खसेको भन्ने यकिन भएको छैन। अहिले कार कलभर्टबाट निकालिएको छ।