काठमाडौं । गुल्मीको मालिका गाउँपालिका -६ अर्जै ठाँटीपोरीमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको छ । एक जना जना बेपत्ता भएका छन् । गएराति परेकाे अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु भएको मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिए ।
‘अहिलेसम्म ४ जनाको शव निकालिसकेका छौं’, उनले भने, ‘थप एक जनाको शव निकाल्ने प्रयास भइरहेकाे छ ।’ साथै घटनास्थलमा प्रहरी र स्थानीयहरू पुगिसकेका छन् । मृतककाे हालसम्म परिचय खुलेकाे छैन ।