अर्घाखाँची। अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा ‘एक घर, एक धारा’ निर्माण कार्य आधा सम्पन्न भएको छ। २०७९ चैत १ गते ठेक्का सम्झौता भइ निर्माण सुरु भएको आयोजनाको काम ५० प्रतिशत पूरा भएको हो।
जिल्लाकै गौरवको योजनाका रूपमा रहेको हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी आयोजनामार्फत निर्माण भइरहेको ‘एक घर, एक धारा’ को काम बिडारी निर्माण सेवाले ३० करोड २२ लाख रुपैयाँ लागतमा सम्झौता गरी गरिरहेको छ।
२०८१ चैतसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना अर्घाखाँचीले हाँडेखोला चिदीका बृहत् पम्पिङ खानेपानी निर्माण कार्य तीव्र बनाएको छ । आयोजना सम्पन्न भएपछि चिदीका, बल्कोट, केरुङ्गा र छत्रगन्जका बासिन्दा लाभान्वित हुने छन् ।