काठमाडौं। क्रसर व्यवसायीहरूले सरकारले आफूहरुको माग सम्बोधन नगरे उद्योगको ताला सरकारलाई बुझाएर राजमार्ग ठप्प पार्ने चेतावनी दिएका छन्। काठमाडौँको माइतीघर मण्डलामा गत असार १ गतेदेखि उद्योगहरूको नवीकरणको माग राखी जारी आन्दोलनका क्रममा व्यवसायीहरुले यस्तो चेतावनी दिएका हुन्।
व्यवसायीहरूले उद्योग नवीकरणको आफूहरूको माग सम्बोधन नभए उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरू समेत राजमार्गमा राखी विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी दिएका हुन्।
अहिले उद्योगी व्यवसायीहरूको बटमलाइन भनेको कानुनसम्मत दर्ता भएका उद्योगहरूको नवीकरण रहेको महासंघले जनाएको छ । क्रसर उद्योगीहरूले विगत १० वर्षदेखि उद्योगहरूको नवीकरण हुन नसक्दा आफूहरू मारमा परेको बताएका छन्।