म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–५ को कार्यालय भवन निर्माण गरिएको छ। मालिका गाउँपालिका–५ पन्थोकमा वडा कार्यालय भवन निर्माण गरिएको हो।
अपाङ्गमैत्री, भूकम्प प्रतिरोधी क्षमता भएको भवन ७ कोठाको एक तले भवन ७६ लाखको लागतमा निर्माण गरिएको हो। भवन निर्माणका लागि गत मंसिर १८ गते भगवति मालिका कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको थियो ।
असार मसान्त सम्म म्याद भएपनि लक्ष्य अघिनै भवन निर्माण सकिएको निर्माण कम्पनीले जनाएको छ।
१ वटा सभाहल, वडा अध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ४ वटा शौचालय र शयनकक्ष छन् ।