काठमाडौं। प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ‘टी थ्री’ ग्रुप (थकाली एन्ड कुजिन र साइनो तन्दुरी एन्ड सेकुवा कर्नर)ले विशेष छुट दिने भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको उक्त रेष्टुरेण्टमा छुट दिने भएको हो।
टी थ्री ग्रुप प्रालिका अध्यक्ष एवं कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकको तर्फबाट बागमती प्रदेश शाखा प्रमुख विकास शर्मा गुरागाईँले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । रेस्टुरेण्टमा उपलब्ध सबै सेवामा १० प्रतिशत छुट दिइने भएको हो।