मोरङ। मोरङ उर्लाबारीमा बसपार्क निर्माणका लागि उर्लाबारी नगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ। २० करोड ३ लाख ४७ हजार लागतमा बसपार्क निर्माण गर्नका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र उर्लाबारी नगरपालिका प्रमुख गंगाप्रसाद खरेलबीच ऋण सम्झौता भएको हो ।
कुल लागतको ६० प्रतिशतले हुन आउने १२ करोड २ लाख ऋण र १० प्रतिशतले हुन आउने २ करोड ३४ हजार अनुदान सम्झौता भएको हो । कुल लागतको ३० प्रतिशत अर्थात् ६ करोड १ लाख रुपैयाँ भने नगरपालिकाले बेहोर्ने सम्झौतामा उल्लेख छ ।
उर्लाबारी नगरपालिका–६ मा नगरपालिकाको करिब १ बिघा १३ कठ्ठा क्षेत्रफल जग्गामा बसपार्क निर्माण गरिने छ। उक्त बसपार्कमा पूर्वपश्चिम राजमार्गमा आवत जावत हुने सवारीसाधन व्यवस्थापन गरिने बताइएको छ।