काठमाडौं। काठमाडौं उपत्यकालगायत देशका कतिपय भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो।
दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एकदुई स्थानमा अति वर्षाको समेत सम्भावना छ ।