दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्बुमा निर्माणाधीन ३० मेगावाटको खानी खोला जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा बाढीले क्षति पुर्याएको छ। मंगलबार राति आएको बाढीले आयोजनाको बाँध र इन्टेकमा क्षति भएको र बालुवा थिग्रयाउने पोखरीमा लेदो भरिएको हो।
निर्माणको अन्तिम चरणमा पुगेको आयोजनाको बाँध, इन्टेक, बालुवा थिग्रयाउने पोखरी लगायतका संरचना तयार भएका थिए। आउँदो असोजभित्र विद्युत् उत्पादन गर्ने गरी आयोजनाको काम अन्तिम चरणमा पुगेको बेला बाढीले बाँध क्षेत्रमा क्षति पुऱ्याएको खानी खोला जलविद्युत् आयोजनाले जनाएको छ।
बाढीले आयोजनाको बाँध क्षेत्रमा रहेको निर्माण व्यवसायीको गोदाम घर र त्यहाँ रहेका ५ सय बोरा सिमेन्ट, डण्डी, क्रसरसमेत बगाएको छ ।