काठमाडौं। नेपाल विद्युत प्राधिकरणले जगदम्बा स्टिलको बिजुलीको लाइन काटेको छ। प्राधिकरणले बाराको सिमरामा रहेको जगदम्बा स्टिलले डेडिकेटेड लाइनको बक्यौता रकम र जरिवाना नतिरेको भन्दै बिहीबार राति लाइन काटेको हो।
प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिवानासहित १ अर्ब ६० करोड रुपैयाँ बुझाएको छैन। यससँगै विद्युत् प्राधिकरणले लाइन काटिदिएका उद्योगहरुको संख्या ६ पुगेको छ ।
यसअघि प्राधिकरणले २५ असारमा रिलायन्स स्पिनिङ, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट लगायतका उद्योगका लाइन काटेको छ।