काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित दुई जनालाई पक्राउ गरेको छ। अख्तियारले नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेललाई पक्राउ गरेको हो।
जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका१२ हनुमानस्थानमा रहेको आरबी सेन्टरबाछ बिहीबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।