काठमाडौं। त्रिशूली नदिमा बेपत्ता बस र यात्रु खोज्न ड्रोन क्यामरा प्रयोग गरिएको छ। आज बिहानैदेखि खोजीमा गोताखोर सहितको टोली परिचालन गरिएको र पानी मुनी हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको प्रहरीले जनाएको हो।
टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ । र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरू हेर्न सोनार क्यामराले सहयोग पुर्याउने जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरूको खोजी कार्यमा परिचालित भएको छ । साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
शुक्रबार बिहान साढे तीन बजेतिर भरतपुर महानगरपालिका–२९ सिमलतालमा वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको पहिरोले बगाएर त्रिशूली नदिमा खसेको थियो ।