काठमाडौं। त्रिशुलीमा बेपत्ता मध्ये एक जनाको शव भेटिएको छ। पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको हो।सिमलताल भन्दा करिब ५० किलोमिटर पश्चिममा पर्ने गोलाघाट नारायणी नदी किनारमा सो शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शवको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
भरतपुर महानगर पालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन एक जनाको शव भेटिएको हो। आज बिहानैदेखि गोताखोर सहितको टोली परिचालन गरी पानी मुनी हेर्न मिल्ने ड्रोन क्यामरा समेत प्रयोग गरेर बस र बेपत्ता यात्रुको खाजिकार्य भइरहेको छ।