काठमाडौं। काठमाडौँको सुन्धारास्थित धरहरा पुनर्निर्माणका लागि फेरि म्याद थप गरिएको छ। धरहरा पुनर्निर्माणका लागि सातौँ पटक २०८१ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको हो।
यसअघि थप गरिएको म्याद गत वर्षको माघ ४ गते सकिएको थियो ।
सहरी विकास मन्त्रालयको भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) ले सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा टेकेर धरहरा पुनर्निर्माणका लागि अन्तिम पटक म्याद थप गरेको जनाएको छ।
अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९६ प्रतिशत र आर्थिक प्रगति ८९ प्रतिशत सकिएको जनाइएको छ।