काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन्। एमालेका दाहालले मन्त्री नियुक्ती भएसँगै आज सपथ ग्रहण समेत गरेका छन्।
शहरी विकासमन्त्रीमा भने नेपाली कांग्रेसका प्रकाशमान सिंह नियुक्त भएका छन्। कांग्रेसबाटै दिपक खड्का जलस्रोत तथा ऊर्जा र ऐनबहादुर शाही वन मन्त्री नियुक्त भएका छन्। नियुक्त भएका सबै मन्त्रीले आजै शपथ ग्रहण गरेका छन्।