काठमाडौं। सरकारले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने भएको छ। सोमबार बसेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितलाई दोस्रो र तेस्रो किस्ताको रकम उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकले विपदका कारण बेपत्ता भई घटना भएको १० दिनसम्म पनि फेला नपरेका व्यक्तिलाई मृत घोषणा गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले त्रिशूलीमा पहिरो गई गाडी बेपत्ता भएका मृतकका परिवारलाई राहत दिने पनि निर्णय गरेको छ। २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त बनाउने निर्णय भएको छ भने कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सय दिनभित्र फिट गर्ने निर्णय भएको छ।
मन्त्रिपरिषद्का समितिमा लगिएका वा प्रक्रियामा भएका सम्पूर्ण प्रस्तावहरू मन्त्रालयमा फिर्ता गराउने निर्णय समेत गरिएको छ।