काठमाडौं। ठेउले खोला जलविद्युत आयोजनबाट विद्युत उत्पादन कार्य सुचारु भएको छ ।
बाराही हाइड्रोपावर जलविद्युत कम्पनीले निर्माण गरेको १ दशमलव ५ मेगावाट क्षमताको उक्त आयोजनामा गत असार २२ गते आएको पहिरोका कारण क्षति पुर्याएको थियो। आयोजनामा क्षति पूगेसँगै पूर्ण रुपमा बन्द भएको विद्युत उत्पादन कार्य साउन १ गते राती २ बजेबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको जानकारी कम्पनीले दिएको छ।