कैलाली। धनगढी उपमहानगरपालिकाले ६ वटा बस खरिद गरेको छ । उपमहानगरपालिकाले धनगढी बजारदेखि फूलबारीसम्म नगर बस सेवा सञ्चालन गर्न ६ वटा बस खरिद गरेको हो।
उपमहानगरले दुई करोड ४८ लाखमा ६ वटा बस खरिद गरेको जनाएको छ। उक्त बस सेवा सञ्चालनका लागि उपमहानगरपालिकाले ठेक्का समेत आह्वान गरेको छ । उपमहानगरपालिका कार्यालयले मंगलबार सूचना जारी गर्दै १० वर्षसम्मका लागि बस सेवा सञ्चालनका लागि ठेक्का लगाउने जनाएको हो।
जारी सूचनामा मूल्य अभिबृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ ।