काठमाडौं। आज बिहानैबाट तीन प्रदेशका केही भागमा वर्षा भईरहेको छ। गण्डकी, काशी र बागमती प्रदेशका केही भागमा बिहानैबाट बर्षा भईरहेको हो।
यसैगरी मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भईरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा हुने मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ रहेको छ।