काठमाडौं। आज मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली छ।
बागमती र गण्डकी प्रदेशका केही भागमा सामान्य वर्षा भईरहेको छ। यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका पहाडी भूभागलगायत गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।