गण्डकी। पोखरा विश्वविद्यालयको नयाँ भवन निर्माण हुने भएको छ। ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी विद्यालयको नयाँ भवन निर्माण हुने भएको हो।
निर्माण हुने सो नयाँ भवन यही साउन १५ गतेदेखि सुरु हुने विद्यालयले जनाएको छ। नयाँ बन्न लागेको भवनको लागत रु ४१ करोड ४३ लाख १७ हजार पाँच सय ५९ रहेको बताइएको छ।
नयाँ भवन निर्माण भएपछि विद्यार्थिलाई पठनपाठन गर्न लगाएत सम्पुर्ण कार्यमा सहज हुने विद्यालयले आशा गरेको छ। यही साउनको १५ गतेदेखि निर्माण कार्य सुरु गरेर ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने बताइएको छ।