काठमाडौं। आज बिहानैबाट गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अहिले बर्खाको समय भएको कारणले पनि देश भरी वर्षा भइरहेको छ भने वर्षाले धेरै ठाउँमा मानवीय लगाएतका धेरै क्षती गरीरहेको छ।
यसैगरी कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागका अनसासर राति भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।