महोत्तरी। महोत्तरीको बर्दिवास–१ स्थित गाल्टार टोलमा सडकको बीचमा रहेको पोल भाँचिएपछि बर्दिबासका विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध बनेको छ। सडकको बीच भागमा रहेको पोल भाँचिएर गुडिरहेको गाडीमाथि बजारिएको थियो।
तत्काल विद्युत प्राधिकरणले विद्युत काटेपछि घटनाबाट धेरै क्षति भने हुन नपाएको स्थानीयले बताएका छन्। तर पोल नै ढलेपछि बर्दिवास १,४,५ लगायतका वडामा अहिले विद्युत सेवा अवरुद्ध छ। अस्थायी पोल राखेर भएपछि विद्युत सुचारु गर्ने प्रयास भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ। दुई वर्षअघि ढलान भएको सडकमा उक्त भाँचिएको पोल बीच सडकमै थियो।