काठमाडौं। कारागार व्यवस्था विभाग कारागार कार्यालय काभ्रेको बहुउपयोगी भवन निर्माण गरी उद्घाटन गरिएको छ। नवनिर्मित बहुउपयोगी भवनको कारागार व्यवस्था विभागका महानिर्देशक जयनारायण आचार्यले उद्घाटन गरेका हुन्।
भवन उद्घाटन गर्दै महानिर्देशक आचार्यले नवनिर्मित भवनबाट कार्यालयले सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वस्त व्यक्त गरे। उनले यस कार्यालयबाट आन्तरिक कार्यालय व्यवस्थापनमा थप सहज हुने समेत बताए।
कुल २४ लाख रुपैयाँ लागतमा निर्माण भएको भवनमा वाग्मती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा भवन निर्माण तथा खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयमार्फत १५ लाख लागतमा कार्यालयमा सौर्य उर्जा प्रणाली जडान गरिएको छ।