काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का राति नै देखि वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बर्खाको समय भएकोले गर्दा वर्षाको कारण देशका विभिन्न क्षेत्रमा ठुलो धन जनको क्षती गरिरहेको छ।