काठमाडौं। रसुवागढी हाइड्रो पावर कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभाषकुमार मिश्रले पाएका छन्। कम्पनीको असार २७ गतेको सञ्चालक समितिको बैठकले मिश्रलाई अध्यक्षको जिम्मेवारी दिएको हो।
कम्पनीका अध्यक्ष रहेका नेपाल विद्युत् प्राधिकरणका तत्कालीन उपकार्यकारी निर्देशक प्रदीपकुमार थिकेले अनिवार्य अवकाश पाएपछि मिश्रलाई उक्त जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ।
यस्तै प्राधिकरणले मनोनित गर्ने दुई जना सञ्चालकमा राजन ढकाल र छवि गैहे रहेका छन्। गैह्रेलाई कम्पनीको असार २७ गतेको सञ्चालक समितिको बैठकले प्रबन्ध निर्देशकको जिम्मेवारी तोकेको जनाइएको छ।
त्यसैगरी कम्पनीको असार ३० गते सम्पन्न निर्वाचनबाट एक जना महिलासहित ४ जना सञ्चालक निर्वाचित भएका छन् ।
निर्वाचित सञ्चालकहरूमा बच्चुराम रिमाल, सुनी औदी तामाङ, अग्रिमरत्न शाक्य र लक्ष्मी गौतम रहेका छन् ।