काठमाडौं। दोर्दी खोला जलविद्युत् कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
राप्ती हाइड्रोले पनि हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो।