काठमाडौं। नेपाल चेम्बर अफ कमर्स पदाधिकारी एवं कार्यसमिति सदस्यले नीतिगत स्थायित्व र अर्थतन्त्र चलायमान बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४३ बुँदे सुझाव दिएको छ। अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको पदाधिकारी एवं कार्यसमिति सदस्यले बालुवाटमा प्रधानमन्त्री ओलीलाई भेटेर उक्त सुझाव दिएको हो।
चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेको छ।
आर्थिक गतिविधिमा आएको संकुचनले माग र आपूर्तिबीच असन्तुलन, निजी क्षेत्रको सम्पत्तिमा संकुचन एवं बैंक तथा वित्तीय संस्थामा तरलता भएपनि निजी क्षेत्रमा लगानी आकर्षण नभएकोप्रति समेत प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको छ।