काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशका केही स्थानमा राति नै देखि वर्षा भइरहेको छ। अन्य प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
वर्षाका कारण देशभरीका विभिन्न क्षेत्रमा बाढी पहिरो गहिरहेको र धन जनको निकै क्षती भईरहेको छ।