काठमाडौं। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। नेपाल निर्माण व्यवसायी महासंघकातर्फबाट मंगलबार मन्त्री सिंहलाई बधाई दिन पुगेको टोलीसँगको भेटमा सिंहले सरकार यस विषयमा गम्भीर रहेको बताएका हुन्।
उनले निर्माण व्यवसायीले राखेका जायज माग प्रति आफू सकारात्मक रहेको समेत बताए। भेटमा उपप्रधानमन्त्री सिंहले निर्माण व्यवसायीलाई आयोजनाहरू समयमै सम्पन्न गर्ने गरी काम गर्न समेत आग्रह गराएका छन्।