काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं दरबार क्षेत्रमा रहेको अवैध संरचना ७ दिनभित्र हटाएर महानगरलाई जानकारी दिन भन्दै पुरातत्व विभागलाई पत्र पठाएको छ।
दरबार क्षेत्रभित्र रहेका अवैध संरचनाहरुले नकारात्मक असर पार्ने भन्दै महानगरले पुरात्व विभागलाई पत्र पठाएको हो।
महानगरको सम्पदा तथा पर्यटन विभागले पठाएको पत्रमा भनिएको छ, ‘विश्व सम्पदा क्षेत्रमा सूचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्त्व भएको काठमाडौं दरबार क्षेत्रभित्र असाधारण सम्पदाहरूलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरू ७ दिनभित्र हटाई यस महानगरलाई जानकारी दिनुहुन निर्देशानुसार अनुरोध छ।’