काठमाडौं। अल्पविकसित मुलुकबाट विकासोन्मुख राष्ट्रमा सहज ढङ्गले स्तरोन्नति हुन नेपाललाई अरब गणतन्त्र इजिप्टले सहयोग गर्ने भएको छ।
नेपालका लागि इजिप्टका राजदूत नोहा एलगेब्लीले २०८३ साल मङ्सिरमा विकासशील मुलुकमा स्तरोन्नति हुने नेपालको सहज लक्ष्यप्राप्तिमा आफ्नो देशले सक्दो सहयोग गर्ने बताएकी हुन्।
मंगलबार इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजदूत एलगेब्लीले नेपालको आर्थिक–सामाजिक प्रगति एवं राजनीतिक स्थायित्व इजिप्टको चाहना भएको समेत बताइन्। जलवायु परिवर्तनलगायत आपसी हितका विषयहरूमा पनि इजिप्ट र नेपालबीच साझेदारी रहेको उनले बताइन्।