काठमाडौं। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्।
अर्थमन्त्री पौडेलले मंगलबार हाेटल सङ्घ नेपाल (हान) को प्रतिनिधिमण्डलसँग कुरा गर्दै पोखरा र भैरहवा विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउने गरी सरकार अघि बढेको बताएका हुन्।
साथै उनले अतिरिक्त पर्यटकीय तथा राष्ट्रिय महत्वका पोखरा, चितवन, लुम्बिनी राजमार्गको विस्तार र स्तरोन्नति निश्चित समयभित्र सम्पन्न गराउन पनि सरकार प्रतिबद्ध रहेको जानकारी दिए।
होटेल सङ्ख्या अनुरूप विद्यमान माग बढाउँदै क्षमता उपयोग गर्न आवश्यक नीतिगत सुधार गर्नेतर्फ समेत सरकार सक्रिय रहेको उनको भनाइ छ।