काठमाडौं। भारत सरकारले नेपाललाई ७ अर्ब भारु अनुदान दिने भएको छ। भारतकी वित्त मन्त्री निर्मला सितारमणले मंगलबार बिहान ११ बजे वित्त वर्षको युनियन बजेट प्रस्तुत गर्दै नेपाललाई ७ अर्ब भारु अनुदान दिने बताएकी हुन्।
वित्त वर्ष २०२३/२४ मा शुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो। वित्त वर्ष २०२२/२३ मा भने भारतले नेपाललाई ४ अर्ब ३४ करोड भारु अनुदान दिएको थियो।
भारतले युनियन बजेटबाट सबैभन्दा धेरै वैदेशिक सहायता भुटानलाई दिंदै आएको छ। भारतले भुटानलाई वित्त वर्ष २०२४/२५ मा १० अर्ब ७८ करोड अनुदान र ९ अर्ब ८९ करोड ऋण गरी २० अर्ब ६८ करोड भारु दिने भएको छ।