काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा जहाज दुर्घटना भएको छ। सौर्य एयरलाइन्सको (एन–एएमई (सीआरजे २००) विमान दुर्घटना भएको हो।
पोखराका लागि उडेको जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ ।
विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोलीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकि छ।