काठमाडौं। ऊर्जा, जल स्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निर्माण व्यवसायीहरूको भुक्तानीको समस्या चाँडै सम्बोधन हुने बताएका छन्।
मंगलबार निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री खड्काले निर्माण व्यवसायीहरूको भुक्तानीको समस्यालाई सरकारले चाँडै सम्बोधन गर्नेगरी काम गरिरहेको बताएका हुन्।
उनले ठूला निर्माण कम्पनीले ठेक्का लिने र पेटी ठेकेदारबाट १० प्रतिशत कमिसन राख्दै काम दिने प्रवृत्तिको अन्त्य गर्नुपर्ने समेत बताए। जसले ठेक्का लिएको हो उसैलाई जिम्मेवार बनाउनका लागि यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
मन्त्री खड्काले सार्वजनिक खरिद ऐनमा पनि समस्या रहेकाले निर्माण व्यवसायीहरूले पनि विलोमा ठेक्का हाल्ने र त्यसैले पाउने भएकाले समयमा र गुणस्तरीय काम हुन नकसको समेत बताए।