काठमाडौं। सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट दुई जनाको शव निकालिएको छ। उद्धारकर्ताहरुले घटनास्थलबाट दुई जनाको शव निकालेका हुन्।
जहाजमा सवार अन्यलाई भने उद्दार गरी अस्पताल पठाइएको छ। उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बुधबार बिहान सौर्य एयरलाइन्सको (एन–एएमई (सीआरजे २००) विमान दुर्घटना भएको छ। प्रारम्भिक विवरण अनुसार विमानमा १९ जना सवार रहेको पाइएकाे छ ।