काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र विमान दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको छ। विमानस्थलबाट हुने सबै उडान अवतरण बन्द गरिएको हो।
अहिले त्रिभुवन विमानस्थलबाट हुने उडान रोकिएको छ भने विमानस्थलमा आउन लागेका आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ र अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ।
विमानस्थलमा आज सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो। अहिले उद्दार कार्य चलिरहेको प्रहरीले जनाएको छ। घटनास्थलबाट उद्दारकर्मीको टोलीले दुई जनाको शव फेला पारिसकेका छन् भने घाइतेहरुलाई उद्दार गरी अस्पताल पठाइएको छ।