काठमाडौं। गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको जहाज दुर्घटनास्थलमा पुगेका छन्। काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलमा गृहमन्त्री लेखक पुगेका हुन्।
आज बिहान ११ बजेतिर १९ जना सवार रहेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको हो।
जहाज उड्नेबित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। अहिले विमानस्थल पूर्ण रुपमा बन्द गरेर उद्दार कार्य भइरहेको प्रहरीले जनाएको घ।