काठमाडौं। विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएपछि विमानस्थलमा उडान अवतरण दुवै बन्द गरिएको थियो।
विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको बताइएको छ। दुर्घटनाबाट जहाजमा सवार १९ मध्ये १८ जनाको मृत्यु भएको नागरिक उड्यान प्राधिकणले जनाएको छ। एक जनाको उपचार भइरहेको छ।