काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिनभर कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।
बर्खाको समय भएको कारण वर्षाले गर्दा देशभर ठुलो धन जनको क्षती भइरहेको छ।