काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।
दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको अनुमान गरिएको छ।
बर्खाको समय भएको कारण वर्षाले धेरै धनजनको क्षती गरेको छ। त्यसैले सतर्कता अपनाएर हिड्डुल गर्न महाशाखाले अनुरोध गरेको छ।