काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले तल्लो र दूरदराजका जनतालाई लक्षित गरी योजना बनाउनुपर्ने बताएका छन्। बिहीबार मन्त्री खड्काले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको भेटमा दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जाको प्रवर्द्धन गर्नुपर्ने बताएका हुन्।
उनले केन्द्रबाट पठाएको रकम दूरदराजमा पुगेको नपुगेको केन्द्रले अनुगमन गर्नुपर्ने समेत बताए। उनले तल्लो वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ समेत केन्द्रले अध्ययन गर्नुपर्ने बताए ।
ऊर्जामन्त्री खड्काले विद्युत्को विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको ज्यादै महत्व रहेको भन्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको बताए।