काठमाडौं। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति राम्रो भएको बताएका छन्। अर्थमन्त्री पोडेलले मौद्रिक नीतिले कर्जा विस्तार र उत्पादन क्षेत्रमा लगानी बढाउन सहयोग पुग्ने बताएका हुन्।
उनले नेपालको अर्थतन्त्रमा विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग पुग्ने गरी लचिलो रुपमा मौद्रिक नीति आएको बताए।
मौद्रिक नीतिले निजी क्षेत्रका उद्योगी व्यवसायीको समस्यालाई समाधान गर्न सहजीकरण गर्ने र थप लगानीका लागि मनोबल बढाउने समेत मन्त्री पौडेलले बताए।