काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मौद्रिक नीतिले व्यवसायीलाई लगानी गर्न उत्साही बनाउने बताएका छन्। शुक्रबार अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडौंको उद्घाटन गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले नेपालमा पर्यटक भित्र्याउनुपर्ने रोजगारी सिर्जना गर्नुपर्ने र जनशक्ति पलायन हुनबाट रोक्नु पर्ने समेत उल्लेख गरेको छन्।
प्रधानमन्त्री ओलीले लेखेका छन् ‘समय सापेक्ष मौद्रिक नीति सार्वजनिक भएसँगै आज मैले प्रशिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड हिल्टन होटल काठमाडौँ उद्घाटन गर्ने अवसर पाएँ। मेरो विश्वास छ–नयाँ मौद्रिक नीतिले अन्य व्यवसायीहरुलाई पनि अब लगानी गर्न उत्साही बनाउने छ। हामीलाई पर्यटक भित्र्याउनु छ, रोजगारी सिर्जना गर्नु छ र जनशक्ति पलायन रोक्नु छ।