काठमाडौं। नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिप्रति नेपाल निर्माण व्यवसायी महासंघ सन्तुष्ट देखिएकाे छ।
महासंघका अध्यक्ष रवि सिंहले मौद्रिक नीति निर्माण क्षेत्रको समस्यालाई बुझेर आएको बताएका हुन्।
अध्यक्ष सिंहले मौद्रिक नीतिले निर्माण व्यवसायीहरुले बैंकबाट लिएको कर्जा समायोजनको समय थप गरिदिएर व्यवसायीहरूलाई केही हदसम्म राहत मिलेको बताए।
उनले निर्माण क्षेत्र चलायमान नहुँदा समग्र अर्थतन्त्रमा परेको प्रभावले सरकार र राष्ट्र बैंक संवेदनशील देखिएको समेत बताएका छन्।