काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशीलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाले जनाएको छ।
आज राति देशभर साधरणतया बदली रहने छ। वर्षाको समय भएको कारण अहिले देशका विभिन्न भागमा बाढी, पहिरोको जोखीम भइरहेको छ। बाढी, पहिरोले धेरै धनजनको क्षती पनि गरिरहेको छ। यस्तो खालका जोखीमबाट जोगीन तर्कता अपनाउन पर्ने महाशाखाले बताएको छ।